ताजा खबर

Home » हालखबर » वातावरणको वार्षिक साधारण सभा

दीपक बुढा, सुर्खेत पुष २५

वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था वीरेन्द्रनगर-१० को सातौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

संस्थाले कृषि शिक्षा स्व्स्थ्यको क्षेत्रमा पुर् याएको योगदानको कदरगर्दै प्रमुख अतिथी तथा स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्यालले सामाजिक विकासका लागि सहकारीताको अवधारणा महत्वपूर्ण रहेको बताएका थिए ।

संस्थाको ०६६ आश्विन सम्मको ६ करोड ६४ लाख बरावरको आय व्यय विवरण र चालु आर्थिक वर्षका लागि ९ करोड ६५ लाख बरावरको अनुमानित बजेट प्रस्तुत गरिएको थियो ।

संस्थाले लद्युवृत्त कार्यक्रम बचत ऋण कार्यक्रम शेयर सदस्यको क्षमता अभिबृद्धि लगायतका विभिन्न कार्यहरु गर्दै आईरहेको छ ।

संस्थाका अध्यक्ष कृष्णप्रसाद पौड्यलको सभापतित्वमा सम्पन्न साधारण सभा कार्यक्रममा किष्ट बैंक शाखा प्रबन्धक अमर उपाध्याय संस्थाका सल्लाहाकार कमलराज रेग्मी प्रशासकिय अधिकृत नवराज वराल वीनपा कार्यकारी अधिकृत तुल्सीप्रसाद आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यसैगरी वडाभैरव बहुउद्देश्यीय सहकारी संस्था लाटीकोइली-४ रहरपुरको दोस्रो साधारण सभा शनिबार सम्पन्न भएको छ ।

डिभिजन सहकारी प्रतिनिधी जयबहादुर विसीको प्रमुख आतिथ्यता र सहकारीका अध्यक्ष रविन्द्रजंग शाहीको अध्यक्षँतामा सभा सम्पन्न भएको थियो ।

सभामा संस्थाका कोषाध्यक्ष गोपीराम चौधरीले गत आर्थिक वर्षको २ लाख को आयव्यय र चालु आर्थिक वर्षको ३ लाख बरावरको प्रस्तावित आय व्यय विवरण प्रस्तुत गरेका थिए भने संस्थाका सचिव लवविक्रम शाहले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
News Posted By: anildhakal.com.np

Daily.On.Tv

Thursday, March 11, 2010
Psych (Season 3)
11:15 PM
Wanted
11:30 PM
Premiere of : Alice in Wonderland
08:45 PM
Vegas Revolution : Cravings
08:15 PM
My Shocking Story : Treeman: The Cure
11:15 PM
 

Couldnot find Flash Player!!!
Install it.

Watch Sadak Sadak Ma Watch Srijana Ka Phool Haru
 

Photo Gallery

[ 11 ]