ताजा खबर

Home » हालखबर » शिक्षालाई राजनीतिबाट बचाउनुपर्ने

दीपक बुढा, सुर्खेत पुष २५

महिला बालबालिका तथा समाज कल्याण मन्त्री सर्वदेव ओझाले शिक्षा क्षेत्रलाई राजनितिक अस्थिरताबाट बचाउनुपर्ने बताएका छन् ।

बालबालिकालाई शिक्षा पाउने अधिकारबाट बचत गर्न नपाइने भएकाले बन्द हड्तालको राजनीतिबाट शिक्षा क्षेत्रलाई टाढै राख्नुपर्ने मन्त्री ओझाको भनाई छ ।

शनिबार वीरेन्द्रनगरमा सम्पन्न राटि्रय निजी तथा आवासीय बिद्यालय एशोसिएसन एन-प्याव्सन सुर्खेतको पहिलो जिल्ला सम्मेलनलाई उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

पाठ्यपुस्तकको अस्तब्यस्तताका कारण बिद्यार्थीहरु मर्कामा परेका छन्- मन्त्री ओझाले भने पाठ्यपुस्तकमा एकरुपता ल्याउन तपाई हामी सबै लाग्नुपर्छसरकारी बिद्यालयका कितावमा एउटा लेख्या छ निजी बिद्यालयका कितावमा एउटा लेख्या छ बिचरा कलिलो बिद्यार्थीले के बुझ्ने हामी मन्त्री भनिएकाहरुलाई त बुझ्न गाह्रो हुन्छ ।’

शिक्षाको हकमा सरकारले लिएको निति गलत नभई मातहतका निकायको नियतमा खोट रहेको उनको ठहर छ । शिक्षा क्षेत्रमा देखिएका बिद्यमान समस्या समाधानका लागि सरकार लागिपरेको भन्दै मन्त्री ओझाले भने- ँबिकट क्षेत्रमा शिक्षाको पहुँच बढाउन म होईन तपाई होईन हामी सबै मिल्नैपर्छ ।’

प्याव्सन एन-प्याव्सन संघ संगठन सबैले आ-आफ्नै तरिकाले शिक्षा लाद्ने काम गरिरहेका छन् भन्दै उनले शिक्षा हासील गर्ने नभई झुटको जस्तै लाद्ने काम भईरहेको बताए ।

कार्यक्रममा सहभागी शिक्षा सम्बद्धहरुले शिक्षामा ब्याप्त समस्यालाई समाधान गर्न सरकारसंग मंग गरे । भाषण हैन शिक्षा क्षेत्रमा भएका समस्या समाधान गर मन्त्री ओझालाई संकेत गर्दै सहभागीहरुले शिक्षाको आवश्यकता महसुस गर्न आग्रह गरेका छन् ।

कार्यक्रममा सुर्खेती शिक्षा र सिर्जनाका क्षेत्रमा उल्लेखनिय भुमिका निभाएको भन्दै त्रिभुवन बिश्वबिद्यालयका उपप्राध्यापक महेन्द्र गिरी र स्थानिय समाजसेवी नरेन्द्र कोईरालालाई सम्मान समेत गरिएको छ ।

तदर्थ समितिका संयोजक धर्मराज शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रममा एन-प्याब्सनका केन्द्रिय उपाध्यक्ष पंकजिसंह राठौर केन्द्रिय महासचिव रितुराज सापकोटा केन्द्रिय प्रशासन सचिव पारसमणी दाहाल एन-प्याब्सन बाँकेका अध्यक्ष कुसुम रानाभाट लगायतले आफ्नो भनाई राखेका थिए ।
News Posted By: anildhakal.com.np

Daily.On.Tv

Wednesday, March 10, 2010
Friends (Season 3)
09:15 PM
Grindhouse:Planet Terror
11:20 PM
Living With a Superstar:Shah Rukh Khan
08:15 PM
Harry Potter and the Goblet of Fire
11:15 PM
Mega Engineering:Dome Over Houston
10:15 PM
 

Couldnot find Flash Player!!!
Install it.

Watch Sadak Sadak Ma Watch Srijana Ka Phool Haru
 

Photo Gallery

[ 10 ]