सुर्खेतको रामघाट गाउँ बिकास समिति–८ ठुलो करेलीकी पबित्रा बुढाले चौबीस वटा औला भएको बच्चालाई जन्म दिनुभएको छ । बच्चाका चारै वटा हातखुट्टामा ६/६ वटा औला रहेको आफन्त मीनबहादुर बिसीले जानकारी दिनुभएको छ । नेपालगंजबाट घर फर्किने बेला सुत्केरी ब्यथाले च्योपेपछि गाडी भित्रै बुढाले गएराती बच्चालाई जन्म दिनुभएको हो । अहिले आमा छोरा दुवैको स्वास्थ्य राम्रो रहेको छ । बच्चा हेर्न अहिले बुढाको घरमा गाउँलेको भीड लागेको बताईएको छ ।

News Posted By: anildhakal.com.np